सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यस्तै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने पनि भएका छन् ।

उपाध्यक्ष विष्णु पौडेलका अनुसार राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेपछि अधैर्यतापूर्वक निर्णय नगर्ने भनेर आफूहरूले सरकारमा रहेका काम गर्ने सोच बनाएका थियौ । तर प्रधानमन्त्रीले एमाले र एमालेका मन्त्रीहरूका सन्दर्भमा दिएको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्ने निर्णयमा पुगेका छौ ।

पौडेलले भने ‘मन्त्रिपरिषद्को निर्णयको आधारमा जेनेभा जान लाग्नु भएका परराष्ट्रमन्त्रीलाई अन्तिम क्षणमा बिना कारण नजान निर्देशन गर्नु भयो, ‘हामीलाई सरकार छाड्न, नभए उहाँले हटाउने वा विना विभागीय मन्त्री बनाउने अभिव्यक्ति दिनुभएपछि सरकारमा रहिरहन उचित देखेनौँ । सोही कारण हामी सरकारबाट बहिरिदैछौ ।

राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा एमाले नेताहरूले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने बताएका थिए ।

आइतबार परराष्ट्रमन्त्री विमला पौड्याललाई जेनेभा जान प्रधानमन्त्री प्रचण्डले रोक लगाइएपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =