नेकपा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताए ।

राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने बताएको थियो तर आइतबार परराष्ट्रमन्त्री विमला पौड्याललाई जेनेभा जान सरकारले रोक लगाइएपछि एमालेले सरकारबाट बाहिरिने योजना बनाएको बुझिएको छ । बैठकले यो विषयमा पनि छलफल गर्ने छ ।

एमाले सचिवालयका एक नेताका अनुसार एमाले तत्काल सरकारबाट बाहिरिनुपर्ने मत बलियो छ ।

नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । यता आठ दलीय गठबन्धनले नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई उठाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =