सरकारमा रहने/नरहनेबारे निर्णय गर्दै एमाले सचिवालय
२०७९ फागुन १५ गते

फाइल फोटो
काठमाडौँ । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन फेरेपछि सरकारमा रहन नरहनेबारे निर्णय लिन बैठक बोलाइएको हो ।
बैठक बिहान ११ बजेपछि केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा राजनीतिक घटनाक्रम फेरिएको अवस्थामा सरकारमा बस्नुको औचित्यबारे छलफल हुने उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उनकाअनुसार राष्ट्रपति निर्वाचन लगायतका विषयमा पनि छलफल हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई जेनेभा जानबाट रोकेपछि सरकारमा बस्नुको औचित्य नभएको आवाज उठ्न थालेको छ । यसअघि गठबन्धन फेरिँदा भने एमालेले राष्ट्रपति चुनावसम्म सरकार नछाड्ने बताएको थियो ।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।
२०७९ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








