प्रचण्डले परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण रोकेपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजेपछि केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fifteen =