प्रहरीको भ्यानबाटै हतकडीसहित अभियुक्त फरार !
२०७९ फागुन १५ गते

सांकेतिक तस्वीर
काठमाडाैँ । धनुषा प्रहरीको भ्यानबाट हाम फालेर एक आरोपी हतकडीसहित फरार भएका छन् । बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला– १३ का २८ वर्षीय राजाबाबु मुखिया प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका हुन् ।
आइतबार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा साँझ साढे ७ बजे यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर भागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए । उनी फरार भएलगत्तै खोजी कार्य तीव्र पारिएपनि अहिलेसम्म फेला पार्न नसकिएको जनाइएको छ ।
गत माघ १५ गते इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए । उनीहरू मध्ये दुईजना अझै पक्राउ पर्न सकेका छैनन् ।
२०७९ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








