राष्ट्रपति निर्वाचनका लागि ८ दलले बनाए कार्यदल
२०७९ फागुन १४ गते

काठमाण्डौँ। ८ दलले राष्ट्रपति निर्वाचनका लागि कार्यदल गठन गरेका छन्।
आइतबार साँझ बसेको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन्।
कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आआफ्नो पार्टीको मत रामचन्द्रलाई दिलाउने जिम्मा लिनुपर्ने निर्णय भएको छ।
फागुन २५ गते हुने निर्वाचनमा ८ दलले रामचन्द्र पौडेललाई अघि सारेका छन्।
२०७९ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








