प्रचण्डले साथ छोडेपछि रिसाएका ओलीले भने- ‘हातमा चक्कु लिएर फूल लिएको छु भन्नुभयो’
२०७९ फागुन १४ गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको आरोप लगाएका छन् । विभिन्न आन्दोलनका घाइते, बेपत्ता तथा सहिद परिवारको सम्मानमा आयोजित कार्यक्रममा ओलीले यस्तो आरोप लगाएका हुन् ।
प्रचण्डले ढाँट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको ओलीको भनाई छ । ‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र ?’ ओलीले भने ।
ओलीले प्रचण्डलाई व्यक्तिगत स्वार्थका निम्ति जसलाई पनि झुक्याउन सक्ने पात्रका रुपमा चित्रित गरे । ‘उहाँ (प्रचण्ड) हातमा चक्कु लिएर बस्नुभएको थियो। तर, फूल भनेर झुक्याउन खोज्नुभयो’ उनले भने, ‘ मेरो आँखाले धोका खाएको थिएन। तपाइँले भनेपछि फूलै होला भनेर बसेँ ।’
२०७९ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








