पोखरामा अत्याधिक वर्षा, दिउँसै अँध्यारो !

काठमाडौँ । पोखरामा कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ। दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भएपछि पोखरा बजारसहित यसका आसपास क्षेत्रमा अँध्यारो छाएको हो ।

यसअघि गत बिहीबार हिउँदे वर्षा भएको थियो भने त्यसपछि आज असिनासहित ठूलो वर्षा भएको हो । लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहत मिले पनि असिनासमेत पर्दा यहाँको किसानले लगाएका तोरी, गहुँ, फापर र तरकारीबालीलाई भने क्षति पुगेको छ ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले अचानक परेको असिना पानीले गरेको क्षतिबारे बुझ्ने कार्य जारी रहेको जानकारी दिए । उनका अनुसार यसरी वर्षा हुँदा सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहत मिलेको भए पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =