रामचन्द्र पौडेलले रवि लामिछानेसँग मागे भोट  

काठमाडौँ । रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता भएको छ ।  राष्ट्रपतिका उम्मेदवार पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग भेट गरेर आफूलाई राष्ट्रपति निर्वाचनमा भोट मागेका छन् ।

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि रविको हात्तिगौंडास्थित निवासमा पौडेलले पुगेका हुन् ।

भेटको बारेमा जानकारी दिँदै पौडेल निकट एक नेताले मकालुसँग भने,‘राष्ट्रपति निर्वाचनमा आफूलाई समर्थन गर्न पौडेलले रास्वपा सभापति लामिछानेलाई आग्रह गर्नु भएको छ  । उहाँले यो पटक मलाई सहयोग गर्नु भन्नु भएको छ ।’

८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका छन् ।   रास्वपाले भने यो कुरामा मौन छ ।

यता एमाले राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङले मनोनयन दर्ता गराएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 5 =