एमाले त्यागेका घोषणा गरेका दुर्गा प्रसाई पार्टीबाट निष्कासित

काठमाडौँ । नेकपा एमालेले व्यापारीसमेत रहेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गरेको छ । बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईँलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

राजतन्त्र पुनःस्थापनाका लागि अभियान सञ्चालन गरेसँगै एमालेमा उनलाई कारबाही गर्नुपर्ने आवाज उठेको थियो । एमालेले औपचारिक निर्णय गर्नुअगावै प्रसाईँले एमाले त्यागेको घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fifteen =