एमालेले राष्ट्रपति निर्वाचनसम्म सरकार नछाड्ने
२०७९ फागुन १३ गते

काठमाडौँ । नेकपा एमालेले तत्काल सरकार नछाड्ने भएको छ । बिहान बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनसम्म सरकार नछाड्ने निर्णय गरेको हो ।
फागुन २५ गतेसम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्ने बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए । ‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौँ’ उनले भने ।
बैठकले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई बनाउने निर्णय गरेको छ । साथै कांग्रेस बाहेक सबैसँग सहयोग माग्ने पनि निर्णय गरेको उपमहासचिव गुरुङको भनाई छ ।
२०७९ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








