योगेश भट्टराईले लेखे- बधाई छ सुवास दाइ, जितिन्छ 

काठमाडौँ । नेकपा एमालेले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पूर्व सभामुखसमेत रहेका उनी इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । यसअघि नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको निर्णय गरिसकेको छ ।

यसैबीच एमालेका सचिव योगेश भट्टराईले नेम्वाङ जितको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार । बधाई छ सुवास दाइ । जितिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =