एमालेले सुवास नेम्वाङलाई उठायो राष्ट्रपतिमा

काठमाडौँ । नेकपा एमालेले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पूर्व सभामुखसमेत रहेका उनी इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । यसअघि नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको निर्णय गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =