रामचन्द्र पौडेलका प्रस्तावक र समर्थकको टुङ्गो लगाउन आठ दलीय गठबन्धनको बैठक
२०७९ फागुन १३ गते

काठमाडौँ । राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसलाई सघाउने निर्णय गरेका आठ दलको बैठक बस्दैछ । कांग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उठाउने निर्णय गरेपछि प्रस्तावक र समर्थक टुङ्गो लगाउन बैठक बस्न लागेको हो ।
संघीय संसद्को लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए । नयाँ गठबन्धनले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको छ ।
बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रपति निर्वाचनका लागि आजै उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुनेछ ।
२०७९ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








