सिटौलाको दाबी- राष्ट्रपतिमा पौडेलको जित सुनिश्चित छ

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अत्यधिक मतले विजयी हुने दाबी गरेका छन् । बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘सभापतिले प्रस्ताव राख्नुभयो हामीले सर्वसम्मतिले पास गर्‍यौँ। विजय निश्चित छ, अत्यधिक मतले विजयी हुन्छौँ ।’

बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रपति निर्वाचनका लागि आजै उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + five =