शुरुभयो एमालेको सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न बोलाइएको बैठक पार्टी कार्यालय ललितपुरमा शुरु भएको हो ।

राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि आजको बैठकले ठोस निर्णय लिनेछ । उपमहासचिव प्रदीप ज्ञवालीले सरकारमा रहने वा बस्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =