सरकारबाट बाहिरिने एमालेको संकेत, डाक्यो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न बैठक बिहान ९ बजेपछि पार्टी कार्यालय ललितपुरमा बस्ने भएको हो ।

राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि आजको बैठकले ठोस निर्णय लिनेछ । उपमहासचिव प्रदीप ज्ञवालीले सरकारमा रहने वा बस्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्नेछ ।

माओवादी केन्द्रसहितका आठ दलले गरेको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने ठुलो चिन्ता रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =