मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भयो : प्रदीप ज्ञवाली

काठमाण्डौ।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भएको बताएका छन्। राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउने ८ दलको निर्णयपछि एमाले नेता ज्ञवालीले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाएको एमालेले राष्ट्रपति आफूले पाउनु पर्ने र पुस १० गते नै यो सहमती भइसकेको बताउँदै आएको थियो। तर माओवादीले शुक्रबार साँझ कांग्रेसलाई राष्ट्रपतिमा सघाउने निर्णय गरिसकेको छ। माओवादीले आफूलाई घोखा दिलएको एमालेको ठहर छ।

‘राजनीति भनेको भागबण्डा मात्रै हो, र त्यसका लागि जे पनि हुन्छ भन्ने कुरालाई बल पुगेको छ। पूर्वसहमति तोडेर नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निर्णयले प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वासनीयता कमजोर बनेको छ’, ज्ञवालीले भने।

प्रचण्डले गठबन्धन बदल्ने निर्णय बाह्य शक्तिको दबावमा परेर गरेको ज्ञवालीको बुझाइ छ। गठबन्धन बदल्ने कुराले हामी आफ्नो निर्णय गर्न सक्ने शक्ति सामथ्र्यमाथि प्रश्न उठेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =