बालुवाटारमा चार दलको बैठक सुरु

काठमाडौँ । बालुवाटारमा चार दलको बैठक सुरु भएको छ । राष्ट्रपतिबारे निर्णय गर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको बैठक सुरु भएकाे हाे ।

बैठकमा माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन छन् । जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदुराम भुसाल, नेता धनश्याम भुसाललगायतका नेताहरु बैठकमा सहभागी रहेको बताइएको छ ।

शुक्रबार बिहान पनि राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बसेको थियो । सो बैठकले आआफ्नो पार्टीमा छलफल गरेर पुन: ५ बजे संयुक्त बैठक बस्ने निर्णय गरेको थियो । बिहानको बैठकले राष्ट्रपति निर्वाचनबारे विभिन्न विकल्पबारे छलफल गरेको थियो । जसमा कांग्रेसलाई राष्ट्रपति दिएर नेकपा एसलाई १ वर्ष प्रधानमन्त्री, जसपालाई उपराष्ट्रपति दिने कुरामा सहमति नजिक पुगेको बैठकमा सहभागि एक नेताले मकालुखबरलाई बताएका छन् ।

अहिले चार दलको बैठक अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि बैठक बसेको थियो ।

राष्ट्रपति निर्वाचनलाई लिएर हालको साथ दलीय गठबन्धनमा खटपट देखिएको छ । प्रचण्डले मंसिर ४ अगाडिको पाँच दलीय गठबन्धनका नेताहरुसँग छलफल तीव्र पारेका छन् ।

भोलि मनोनयन दर्ता गर्ने कार्यतालिका छ भने निर्वाचन फागुन २५ मा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 4 =