ब्रिटिस काउन्सिलको छैठौँ शैक्षिक गोष्ठी सम्पन्न

काठमाडौँ। ब्रिटिस काउन्सिलले ‘नेपालमा शिक्षण सिकाइ र मूल्याङ्कन प्रणालीमा समावेशिता र गुणस्तरको विकास’ भन्ने नाराका साथ छैटौँ शैक्षिक गोष्ठी आयोजना गरेको छ ।

नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा भएको यस वर्षको शिक्षा गोष्ठीले नेपालको विद्यालय शिक्षा क्षेत्रको योजना, नेपालको शिक्षा नीति २०१९ र २१ औँ शताब्दीको विद्यालय शिक्षा प्रणालीका आवश्यकताका प्राथमिकतासँग सम्बद्ध नेपालको समावेशी र गुणस्तरीय विद्यालय शिक्षाका चार क्षेत्रमा केन्द्रित रहेको थियो ।

यस वर्ष आयोजित गोष्ठीको लक्षित क्षेत्रमा शिक्षकको व्यावसायिक विकास, समावेशी शिक्षा, कला मार्फत रचनात्मक शिक्षा, मूल्याङ्कन जस्ता कार्यक्रममा प्रमुख सरकारी सरोकारवालाका साथै प्रदेश तथा स्थानीय सरकारका अधिकारी, विकास साझेदार, नीति निर्माता, योजनाकार, प्रशासक, शिक्षाविद्,  अनुसन्धानकर्ता र निजामती सेवा संस्थाका प्रतिनिधिको सहभागिता थियो।

गोष्ठीले सबै सरोकारवालालाई चार विषयगत क्षेत्रको मुद्दा, अवसर र चुनौतीमा सूचित गरी रचनात्मक छलफलको लागि अवसर प्रदान गरेको आयोजक ब्रिटिस काउन्सिल नेपालले बताएको छ ।

कार्यक्रममा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद सुवेदीले भने, ‘यस गोष्ठीका मुख्य चारवटा विषय मन्त्रालयले हाल विकास गरिरहेको नयाँ विद्यालय शिक्षा क्षेत्र योजना मा राम्ररी प्रतिबिम्बित भएका छन् । विद्यालय क्षेत्र विकास योजनाको सफल कार्यान्वयन भएकोमा म ब्रिटिस काउन्सिल र विकास साझेदारहरूलाई धन्यवाद दिन चाहन्छु तर अझै धेरै गर्न बाँकी छन् ।’

गोष्ठी आज शुक्रबार सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *