चार दलको बैठक सकियो, पार्टीमा छलफल गरेर साँझ ५ बजे पुन: बैठक बस्ने 

काठमाडौँ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठक सकिएको छ । बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी थिए ।

बैठकको जानकारी दिदैं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज बिहान भएको बैठकमा राष्ट्रपति निर्वाचनबारे विभिन्न विकल्पमा छलफल भएको बताए । उनले यसको निर्णय गर्न साँझ ५  बजे बैठक बस्ने बताए । उनले भने, ‘अहिले आफ्नो-आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे पुन: बैठक बस्ने छ ।’

राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा एकै ठाउँमा उभिने सहमती जस्तै भएको थापाको भनाई छ ।

उनले आज राष्ट्रपतिको उम्मेद्वारबारे आज टुङ्गो लाग्ने समेत बताए । उनले भने, ‘राष्ट्रपति निर्वाचनमा हाम्रो तर्फबाट प्रस्ताव आएको छ । अन्य दलबाट पनि फरक फरक प्रस्तव आएको छ । तर, हामी चार दल एकै ठाउँमा उभिन्छौं भन्ने विषयमा प्रष्ट भयौं ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =