बालुवाटार पुग्यो कांग्रेस, चार दलको बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी छन् ।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी छन् भने माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् । राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल भइरहेको छ । बैठकले राष्ट्रपति पदमा कसले उम्मेदवार बनाउने भन्नेबारे निर्णय लिने बुझिएको छ । यो बैठकपछि प्रचण्डले एमाले अध्यक्ष ओलीसँग पनि छलफल गर्नेछन् ।








