सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकमाथि विषय विज्ञसँग कांग्रेसको छलफल

काठमाडाैँ । नेपाली कांग्रेसले सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकमा विषय विज्ञसँग छलफल गर्दैछ । अहिले ११ बजेपछि सिंहदरबारमा हुने छलफलमा गृह, अर्थ मन्त्रालयका प्रतिनिधि तथा अधिवक्ताहरूको सहभागिता रहनेछ ।

सर्वोच्च बार एसोसिएसनका सदस्य रेशम रेग्मी, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरी नेपाल, पूर्व कानुनमन्त्री एवम् नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी लगायतलाई कांग्रेसले छलफलका लागि बोलाएको छ ।

छलफलको सहजीकरण कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गर्नेछन् । प्रतिनिधि सभामा दर्ता भएको यो विधेयकमार्फत विभिन्न बिस वटा कानुन संशोधन गर्न लागिएको छ ।

  • हेर्नुस् छलफल तालिका :-

थप पढ्नुस् : स्रोत नखुलेको सम्पत्तिलाई वैधता !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =