माधव नेपाललाई राष्ट्रपतिमा सहयोग गर्न तीन दलले कांग्रेसलाई आग्रह गर्ने

काठमाण्डौ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको नाममा सहमती जुटाउन तीन दलले प्रयास गर्ने भएका छन्। माओवादी, एकीकृत समाजवादी र जसपाका नेताबीच साँझ भएको छलफलमा राष्ट्रपतिमा माधवकुमार नेपालको नाममा सहमती जुटाउन पहल गर्ने सहमती भएको छ।

‘अहिलेको अवस्थामा सबैभन्दा उपयुक्त पात्र माधव नेपाल हो भन्ने हाम्रो ठहर हो। भोलि बिहान नेपाली कांग्रेससँग छलफल गर्छौं। एमालेलाई पनि यही कुरा गर्छौं’, समाजवादीका एक नेताले छलफलपछि भने।

यसअघि बुधबार माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रपति बारे छलफल गरेका थिए। देउवाले प्रचण्डसँग पनि छलफल गरौं भनेका थिए। प्रचण्डलाई भेटेर देउवाले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका थिए।

प्रचण्डले शुक्रबार नै माओवादीसँग पनि छलफल गर्ने भएका छन्। एमाले माधव कुमार नेपालको पक्षमा सहरात्मक छ। कांग्रेस भने राष्ट्रपति छाड्न तयार छैन।

माधव नेपालले राष्ट्रपतिका लागि हत्ते नगर्ने तर सहमती भए आफू तयार रहेको बताइसकेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =