कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बिहान बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार बिहान बस्ने भएको छ। शनिबार बिहान साढे ८ बजेलाई बैठक बोलाएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

बैठक पार्टी कार्यालय सानेपामा बस्नेछ।

बैठकमा राष्ट्रपतिको उमेदवार तय गर्ने बारे छलफल हुनेछ। नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरेको छ। यसका लागि अन्य दलसँग पनि छलफल जारी छ। तर अहिलेसम्म औपचारिक सहमती भइसकेको छैन।

राष्ट्रपतिमा माओवादीसहितको पूरानो गठबन्धनको साथ खोजिरहेको छ। पुस १० अघिको ५ दलीय गठबन्धनको बैठक शुक्रबार बस्ने तयारी छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =