कर्णालीमा माओवादीको प्रमुख सचेतकमा परियार र सचेतकमा खड्का

कर्णाली । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा रनसिंह परियार चयन भएका छन् ।

केन्द्रको आज बसेको दलको बैठकले उनलाई प्रमुख सचेतकमा चयन गरेको हो । प्रमुख सचेतक परियार हुम्ला प्रदेश २ बाट निर्वाचित भएका थिए । त्यस्तै, बैठकले सचेतकमा प्रदेशसभा सदस्य मिलन खड्कालाई चयन गरेको छ । खड्का रुकुमपश्चिमबाट समानुपातिक निर्वाचित प्रदेशसभा सदस्य छन् ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले भने हालसम्म प्रमुख सचेतक र सचेतक चयन गरेका छैनन् । कर्णालीमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० प्रदेशसभा सदस्य छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक÷एक प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =