महेन्द्र मोरङका सात प्राध्यापक सम्मानित

विराटनगर । महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सात जना प्राध्यापक सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा डा शिवचन्द्र चौधरी, मोहनकुमार  श्रेष्ठ,  रामकुमार थापा,  डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र  जयकुमार महतो छन् । दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनीहरूलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा बिहीबार स्वागत गर्दै सम्मान गरिएको क्याम्पस प्रशासनले जनाएको छ।
सम्मानित डा चौधरी व्यवस्थापन विज्ञान, श्रेष्ठ व्यवस्थापन,  रामकुमार थापा बजार शास्त्र,  डा सुवेदी– वित्त शास्त्र, संग्रौला अर्थशास्त्र  र  डा सापकोटा– लेखाशास्त्रका विभागीय प्रमुख हुन् ।  महतो एमपीए अनुसन्धान समितिका संयोजक हुन् । उनीहरूलाई क्याम्पसका सहायक प्रमुखद्वय शिवनारायण चौधरी र डिल्ली पोखरेल, पूर्व सह–परीक्षा नियन्त्रक डा उद्धव पोखरेलले सम्मानित गरे ।
सहायक प्रमुख पोखरेलले ज्येष्ठता, क्षमता लगायतको आधारमा नियुक्ति गरिएका नयाँ प्रमुखहरूले प्राज्ञिक उन्नयनमा योगदान दिनेमा आफू पूर्ण विश्वस्त रहेको बताए । सहायक प्रमुख चौधरीले व्यवस्थापन अध्ययनका लागि विद्यार्थीको चाप अनुसार कक्षा कोठाको अभाव रहेको बताउदै नयाँ  भवन बनाउनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *