जनकपुरमा हजाराैँ दलित सुकुम्बासीद्वारा मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन (तस्बिरसहित)

जनकपुरधाम । चुरे तथा वन जंगल संरक्षण अभियानले आजदेखि जनकपुरधाममा ‘जनआवाज आन्दोलन’ सुरु गरेको छ । अभियानले घोषणा गरेको ‘जनआवाज आन्दोलन’ अन्तर्गत सयौं दलित सुकुम्बासीहरु प्रदर्शन गरेका हुन् ।

मुरलीचोकबाट प्रदर्शन सुरु गरेर चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरु र दलित सुकुम्बासीहरु मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी पुगेका थिए । उनीहरु मुख्यमन्त्री कार्यालय घेराउ गर्ने घोषणा गरेका थिए । तर ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले उनीहरुलाई करिब २ सय मिटर टाढा नै रोके ।

प्रदर्शनमा सहभागीहरुले भूमिहिनलाई जग्गा दे, दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर, चुरे वन जंगल संरक्षण गर, चुरे अभियन्ताहरुमाथि लगाएको झुठा मुद्दा फिर्ता गर जस्ता नारा लगाएका छन् । प्रदेश सरकारले गरेको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने पनि उनीहरुको माग छ ।

अभियानका संरक्षक तथा सामाजिक अभियन्ता सरोज रायले पटक पटक आन्दोलन गर्दा पनि माग पूरा नगरेकाले बाध्य भएर आजबाट अनिश्चितकालीन धर्ना बस्न लागेको बताए ।

उनले भने, ‘अहिलेको प्रदर्शनमा सहभागी सबै धर्नामा बस्छन् । हामी यहीँ खाना पकाएर खान्छौँ र धर्ना बस्छौँ । माग पूरा नभएसम्म धर्ना जारी रहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *