‘मगर दिवस’मा सार्वजनिक बिदा

काठमाडौँ । पाल्पाको पूर्वखोला गाउँपालिकाले ‘मगर दिवस’ को अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सारुले बिहीबार एक सूचना जारी गर्दै १५ फागुनमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका हुन् ।

सूचनाअनुसार मगर दिवस मनाउन ३ फागुनमा बसेको गाउँ कार्यपालिकाको बैठकले १५ फागुनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यस्ताे छ सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *