माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नै मिल्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् । बिहीबार बालकोटमा आयोजित कार्यक्रमपछि पत्रकारहरुर्ला संक्षिप्त प्रतिक्रिया दिँदै उने यस्तो बताएका हुन् ।

प्रचण्डले एमालेसँग पुस १० गते नै सम्झौता गरिसकेकोले अरुलाई माओवादीले समर्थन नगर्ने दावी गरेका हुन् । ओलीले एमालेसँग सहमति भइसकेको अवस्थामा माओवादीले अरुसँग सम्झौता गर्न नमिल्ने दाबी गरेका हुन् ।

राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका नदिने र सत्ता गठबन्धन नभत्किनेमा पनि उनी विश्वस्त देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *