गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पुगिसकेका छैनौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेको नेकपा माओवादी केन्द्रका उपाध्यष नारायणकाजी श्रेष्ठले आफूहरु सत्ता गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पुगिनसकेको दाबी गरेका छन् । बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हौँ ।

‘राष्ट्रपति निर्वाचनबारे हामीले छलफल त सबै पार्टीँसग गरिरहेका छौँ,’ उनले भने, ‘हाम्रो पार्टी अध्यक्ष कमरेड जो प्रधानमन्त्री पनि हुनुहुन्छ, उहाँले सबैसँग छफल गरिरहनु भएको छ । नेकपा एमालेका अध्यक्ष, कांग्रेस, एकीकृत समाजवादी, जसपा, नाउपा, जनमत, लोसपालगायत सबैसँग छफल गरेर निष्कर्षमा पुग्छौँ । अहिले गठबन्धन परिवर्तन गर्ने भनेर निष्कर्षमा पुगिसकेका छैनौँ । साँझ पनि छलफल गर्ने कार्यक्रम छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *