प्रचण्ड र नेपालबीच सिंहदरबारमा छलफल, साँझ टुंगाेमा पुग्ने निष्कर्ष

काठमाडौँ । राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भएको छलफल सकिएको छ ।

मंसिर ४ अगाडिको पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने योजनाका साथ प्रचण्ड र नेपालबीच भेट भएको बताइए पनि उक्त छलफल कुनै निष्कर्षमा भने पुग्न नसकेकाे छलफलमा सहभागी उपप्रधानमन्त्रीसमेत रहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको उक्त छलफलमा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी थिए ।

पुरानै गठबन्धन ब्युँताउने र ‘पावर सेयरिङ’औपचारिक खाका तयार गर्ने छलफल भएको भनिए पनि बैठकमा त्यस्ताे निष्कर्षमा पुगिनसकेकाे नेता श्रेष्ठले बताए । यसबारे आज साँझ बैठक हुने उनले बताए । नेपाली कांग्रेस र एकीकृत समाजवादी भने पुरानाे पाँच दलीय गठबन्धन ब्युँताउन सहमत भइसकेकाे छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *