राष्ट्रपति नपाए एमाले सरकारमा बस्दैन : योगेश भट्टराई

सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति नपाए एमाले सरकारमा नबस्ने बताएका छन् । उनले पुस १० को सहमति अनुसार नभए नेकपा एमाले सरकारमा नबस्ने बताएका हुन् ।

प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा बिहीबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गरे ।

सहमति पालना हुन्छ भन्नेमा एमाले विश्वस्त रहेको उनको भनाई छ । ‘यदि नहुने अवस्था भयो भने सरकारमा बस्दैन । तत्कालीन गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुस १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो,’ उनले अगाडि भने, ‘सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ । अहिलेपनि सहमति अनुसार नै सत्ता समीकरण चलिरहेको छ । एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *