फागुन ११ गते : कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?
२०७९ फागुन ११ गते

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागले बिहान प्रदेश–१ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ । बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागले राति प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
२०७९ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








