देउवा भेट्न धुम्बाराही पुगे अध्यक्ष नेपालसहित एसका नेता

पावर सेयरिङबारे छलफल हुने 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएकाे छ ।

पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पावर सेयरिङबारे छलफल गर्न देउवा निवासमा नेकपा एसका नेताहरू पुगेका हुन् ।  अध्यक्ष नेपालसँग महासचिव वेदुराम भुसाल, सचिवालय सदस्य घनश्याम भुसाल र  प्रवेश हमाल पनि सहभागी छन् ।

नेकपा एसका एक नेताले भने, ‘पावर शेयरिङमा हामीलाई पनि अटाइनुपर्छ भन्ने हाम्रो माग छ । देउवा ज्यूले अध्यक्षसँग भेटेर कुरा गर्न चाहानुभएकाले हामीले भेट्ने समय दिएका थियाैँ ।’

अध्यक्ष नेपाललाई उदृत गर्दै ती नेताले भने, ‘साझा मान्छे खोज्न र राष्ट्रिय सहमतिमा अगाडि बढ्न अध्यक्ष ज्यू तयार हुनुहुन्छ । वार्तामा देउवासँग छलफल हुने छ । कांग्रेस कसरी अगाडि बढ्ने र नेकपा एस कसरी जाने पावर शेयरिङ गरेर जाँदा मिलेर जाने कुराको छिनोफानो गर्ने कुरा छ ।’

ती नेताले थपे, ‘हामीले पनि त कुनै न कुनै उचित जिम्मेवारी लिनुपर्याे नि ।’

राष्ट्रपति निर्वाचन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने एमालेबाहेकका दलले बताउँदै आएका छन् ।

धुम्बाराहीकाे याे बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि पुगेका थिए । उनी केहीबेर छलफल गरेर निस्किसकेका छन् ।

बैठकमा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका लगायत नेताहरु सहभागी छन् ।

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *