कर्णालीमा पूर्व प्रदेश सभा सदस्य मञ्च गठन

सुर्खेत । कर्णाली प्रदेशमा पूर्व प्रदेश सभा सदस्य मञ्च गठन भएको छ । प्रदेश सभामा पहिलो कार्यकालमा निर्वाचित प्रदेश सभा सदस्यहरूले पूर्व प्रदेश सभा मञ्च गठन गरेका हुन् ।

पूर्व प्रदेश सभा सदस्य दल रावल संस्थापक (तदर्थ) समितिको अध्यक्ष बनेका छन् । यस्तै, मञ्चको उपाध्यक्षमा अमृता शाही, महासचिवमा कृष्णा शाह, सचिवमा पद्मा खड्का र कोषाध्यक्षमा मीनासिंह रखाल रहेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश सभाको पहिलो पाँच वर्षको सिकाइ र अनुभवलाई नयाँ निर्वाचित प्रदेश सभा सदस्यहरूसँग आदान प्रदान गर्ने र प्रदेशको कानुन निर्माणदेखि हरेक क्षेत्रको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले पूर्व–प्रदेश सभा सदस्य मञ्चको गठन गरिएको मञ्चका अध्यक्ष दल रावलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *