बाल मन्दिर सम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ : सुमना श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सुमना श्रेष्ठले नेपाल बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग को प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

उनले भनिन, ‘ २०१८ सालमा निजी सम्पत्तिलाई अतिक्रमण गरेर अनाथ बालबालिकाको लागि हेरचार गर्ने भनेर नेपाल बाल सङ्गठनलाई जिम्मा दिइयो । बाल मन्दिरको मात्रै २८ रोपनी जग्गा त्यहाँका पदाधिकारीले आफूखुसी भोगचलन गर्न प्रतिष्ठित व्यक्ति र घरानालाई दिएको कुरा आएका छन् । यस विषयमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्छ । त्यो प्रतिवेदन हामीले कहिले सार्वजनिक गर्छौँ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *