लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्रीको धारणा आओस् : सांसद थारु
२०७९ फागुन १० गते

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारुले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा आउनु पर्ने बताएका छन् । प्रतितिधि सभा संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।
‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक भनिरहेका छौँ,’ उनले भने, ‘पटक–पटक प्रधानमन्त्रीबाट यो धारणा व्यक्त भएको छैन् ।’ अब पनि उक्त आयोगको प्रतिबेदनबारे धारणा सार्वजनिक नगरिए आफूहरुले संसद अवरोध गर्ने समेत उनले चेतावनी दिए ।
२०७९ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित








