फरार सांसद लक्ष्मी कोइरीको नाम पनि मतदाता नामावलीमा

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन कार्यालयले राष्ट्रपति निर्वाचनका लागि सार्वजनिक गरेको मतदाता नामावलीमा फरार सांसद लक्ष्मी चौधरी कोइरीको नाम पनि समावेश रहेको पाइएको छ । उनको सांसद पद निलम्बनमा नपरेको भन्दै उनको नाम नामावलीमा समावेश गरिएको आयोगको कार्यालयको भनाइ छ ।

उनको नामावलीमाथि उजुरी आयो भने त्यसबारे आयोगले छलफल गरेर निर्णय लिने जनाएको छ ।

महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कोइरीमाथि मधेश आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती निकालेर हत्या गरेको आरोप छ । उनलाई पक्राउ गरेर अदालतमा पेश गर्न उच्च अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *