राष्ट्रपतिबारे प्रचण्ड-ओलीको वार्ता विना निष्कर्ष टुङ्गियो
२०७९ फागुन १० गते

काठमाडौँ । राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता विना निष्कर्ष सकिएको छ ।
बुधबार बिहान प्रचण्ड र ओलीबीच बालुवाटारमा करिब २ घण्टा भएको वार्तामा कुनै निष्कर्ष विना सकिएको प्रधानमन्त्री प्रचण्डकाे सचिवालयले बताएकाे छ । सचिवालयकाे एक सदस्यले भने, ‘उहाँहरु आ आफ्नै अडानमा कायम हुनुभयो राष्ट्रपतिको उम्मेदवारबारे छलफल चाहिँ भयो तर उहाँहरु पुरानै अडानमा भएकाले कुनै अन्तिम परिणाम आएन ।’
ओलीले पूर्वसहमति अनुसार नै एमालेले बनाएको राष्ट्रपति उम्मेदवार नै सत्ता साझेदार दलको उम्मेदवार हुनुपर्ने धारणा राखेका छन् । तर, माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कुरा गर्दै आएको छ ।
२०७९ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित








