राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताकाे नामावली सार्वजनिक

काठमाडौँ ।राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा मत दिन पाउने ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।  ती मध्ये संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना छ ।

राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारको मनोनयन हुने निर्वाचन कार्यतालिका छ । तर, हालसम्म कुनै दलले पनि आआफ्ना वा साझा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २८ फागुनमा सकिँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *