बालुवाटारमा प्रचण्ड-ओलीबीच एक्लाएक्लै वार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलमा लागि उनी केही बेरअघि बालुवाटार पुगेका हुन् ।

अहिले दुई नेताबीच छलफल जारी छ । मुख्यतः उनीहरुबीच राष्ट्रपति निर्वाचनबारे कुराकानी हुने स्रोतले बताएको छ । आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा निर्णय लिनेगरी छलफल गर्न लागेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *