राष्ट्रपतिमा महन्थको प्रस्ताव लिएर लोसपा नेताहरु पुगे धुम्बाराही

काठमाडौँ । देउवा निवास धुम्बाराहीमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुबीच छलफल जारी छ । दुई दलका नेताहरुबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल भइरहेको हो ।

लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रूपमा प्रस्ताव गरेको छ । सो पार्टीले राष्ट्रपतिमा ठाकुरलाई समर्थन गर्न आग्रह गरेकोबारे परामर्श भइरहेको हो । यद्यपि कांग्रेसले आफ्नै उम्मेदवार उठाउन कसरत गरिरहेको छ ।

लोसपाका शीर्ष नेताले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका थिए । भेट पनि उनीहरूले राष्ट्रपतिको उम्मेदवार महन्थ ठाकुरलाई बनाउन आग्रह गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सक्किनै लाग्दा यतिबेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ । राष्ट्रपतिको निर्वाचनको विषयले सत्ता गठबन्धनमा ‘खटपट’ आउने आकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *