धरानमा ग्यास सिलिण्डर विस्फोड, ८ जना घाइते

सुनसरीको धरानमा ग्यास सिलिन्डर विष्फोट हुँदा ८ जना घाइते भएका छन्। सोमबार साँझ भएको विस्फोटमा परी घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भीर छ।

विष्फोटमा धरान १७ की २७ वर्षीया सविता राई, २२ वर्षीया सोनिका राई, इटहरी उपमहानगरपालिका ५ का ४२ वर्षीया अञ्जना राई, उनकै आमा ६६ वर्षीया रामकुमारी राईको अवस्था गम्भीर छ।

त्यस्तै, अञ्जनाको छोरा ८ वर्षीय साङ्केन राई र छोरी १० वर्षीया सुनिहाङ राई, धरान ११ का १९ वर्षीय अनिष कार्की र सिरहा बन्दीपुरका १८ वर्षीय वासुदेव खड्का घाइते भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले जानकारुी दिए।

ग्यास जोडने क्रममा ग्यास लिक भएको थियो। ग्यास बनाउन कोशी ग्यासकै कर्मचारीलाई बोलाएकी थिइन्। सोही क्रममा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।

घाइते सबैको बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =