माअोवादी पदाधिकारी बैठक सुरु, राष्ट्रपति निर्वाचनबारे छलफल
२०७९ फागुन ८ गते

काठमाडौँ । पार्टी कार्यालय पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । आजको बैठकमा राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने छ ।
बैठक अगाडि प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पनि राष्ट्रपति निर्वाचनबारे छलफल भएको थियो ।
२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिएका थिए । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
२०७९ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








