ज्ञानेन्द्र शाहीको प्रश्न : राजनीतिज्ञले जति झुट बोल्यो त्यति भोट आउँछ किन ?

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा जुम्लाबाट प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाही ज्ञानेन्द्रले कर्णालीका सम्भावनालाई चिन्न नसक्दा कर्णाली पछि परेको बताएका छन् । सुर्खेतमा भएको एक कार्यक्रममा बोल्दै सांसद शाहीले कर्णाली बनाउने जति नै बहस गरेपनि जबसम्म हामीले कर्णालीलाई चिन्दैनौ तबसम्म कर्णाली परनिर्भर नै रहने बताएका हुन् ।

कर्णालीमा धेरै नेताहरूले विभिन्न समयमा थुप्रै आश्वासन दिएको तर तिनको कार्यान्वयन किन हुन सकेको छैन भन्ने सहभागीको प्रश्नमा सांसद शाहीले भने, ‘यदि कसैले झुट बोल्यो भने अहिले नै प्रहरीले मुद्दा चलाए कारबाही हुन्छ । तर राजनीतिज्ञले जति धेरै झुट बोल्दा त्यति धेरै भोट आउने यो चाहिँ किन एक घर एक रोजगार भन्ने ठुला–ठुला भाषण यही मञ्चमा सुनिएको हो तर म आज पनि खोजिरहेको छु त्यो कहाँ छ ’

यस्तै उनले कर्णाली विकासमा पछि पर्नुको प्रसङ्ग जोड्दै भने, ‘हाम्रो कर्णालीमा बग्दै गएको कर्णाली नदी भारतमा गएर गङ्गामा मिसिएर जल बन्छ । कालिगण्डकीको खोल्सामा भएको शिलालेख जुन पत्थर हो । त्यो भारतमा गएर भगवानको रुप बन्छ । तर कर्णालीमा चम्किलो यदि हिरा छ भने कर्णालीका आफूलाई शिक्षित भन्नेहरूले यो त हिरा होइन हजुर यो त चम्किलो ढुङ्गा हो भन्छन् । तर अन्य कुनै ठाउँमा चम्किलो ढुङ्गा भयो भने उसलाई कर्णालीमा ल्याइन्छ, यो त ढुङ्गा होइन हजुर यो त हिरा हो हिरा भनेर पुजिन्छ । यस्तो किसिमको कामले गर्दा कर्णाली पछि परिरहेको छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *