ट्रेन्डिङमा पुग्यो ‘छक्का पञ्जा-४’को ट्रेलर (ट्रेलरसहित)

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा-४’को ट्रेलर युट्युबको ट्रेन्डिङमा रहेको छ । युट्युब सार्वजनिक चलचित्रको ट्रेलर छोटो समयमै एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्रको ट्रेलरले समसामयिक राजनीनितलाई व्यंग्य गरेको छ । नेपाली राजनीतिमा रहेको विकृतिका कारण युवा पुस्ताले देशै छोड्नु परिरहेको अवस्थालाई चलचित्रले व्यंग्य गरेको छ ।

चलचित्रको ट्रेलरमा नीर शाह, दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, रमेश बुढाथोकी, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङलगायतलाई देख्न सकिन्छ । हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा स्वस्तिमा खड्का, राज आचार्य, नीर शाह, सुष्मा निरौला, मलिना जोशी, बेदना राई, लुनिभा तुलाधर, अनुराग कुँवरलगायत कलाकारको अभिनय छ ।

आमा सरस्वती मुभिज र आइएमइको ब्यानरमा चलचित्र निर्माण भएको र दीपकराज गिरीको लेखन रहेको यो चलचित्र यही फागुन १९ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *