पोखरा बस दुर्घटना : ४२ जना विद्यार्थी कै सकुसल उद्धार

काठमाडौँ । पोखराको बेगनास पोखरा सडक खण्डमा भएको बस दुर्घटनामा सबैको उद्धार भएको छ ।

४२ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवा नजिकै दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उद्धार गरिएका ४२ जनालाई नै उपचारका लागि पश्चिमाञ्चल अस्पताल, मनिपाल र गण्डकी मेडिकल कलेज लगिएको छ ।

दुर्घटनामा परेका कसैको पनि अवस्था गम्भीर नभएको कास्की प्रहरीले जनाएको छ । उनीहरू पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहका लागि गाउन लिन गएर फर्कँदै थिए । पोखरा विश्वविद्यालयको भोलि दीक्षान्त समारोह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *