हुण्डाईको विद्युतीय गाडीमा अफर योजना

काठाडौँ । नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडी कोना तथा आयोनिक–५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ‘वान मोर रिजन टु गो इलेक्ट्रिक’ नारासहितको यो योजनाअन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोना तथा आयोनिक–५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको वाशिङ्ग मेशिन उपहार प्राप्त गर्न सक्नेछन् ।

समयसापेक्ष योजनामार्फत आफ्ना ग्राहकको मन जित्न लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आकर्षक योजना बजारमा ल्याएको जनाएको छ । अहिलेको आवश्यकता अनुरुप विद्युतीय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनको प्रबर्द्धन गर्न उक्त योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ्र ।

हुण्डाई कोना तथा आयोनिक ५ नेपालको विद्युतिय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा आउँछ र यी दुवै उत्पादनले ग्राहकको मन जित्न सफल भएका छन् । आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुण्डाईको विश्वसनीयताले कोना र आयोनिक ५ विद्युतीय गाडीको पर्यायवाची जस्तै बनिसकेका छन् ।

विद्युतिय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आक्रामक रूपमा चार्जिङ्ग स्टेसनहरुको निर्माण गरिरहेको छ । विद्युतीय गाडीको बिक्री वितरणमा हुण्डाई अग्रसर रहँदै गर्दा थापाथली स्थित विद्युतीय गाडीको एक्सक्लुसिभ शोरूम सञ्चालन गरेर लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ आयाम थपेको जनाएको छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरसहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *