वृत्तचित्र डढेलोलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ । विगत २० वर्षदेखि नेपाली तथा विदेशी डकुमेन्ट्री फिल्म बनाउँदै आएका अन्तर्राष्ट्रिय भिडियो पत्रकार श्याम कार्कीले निर्माण गरेको वृत्तचित्र ‘डढेलो’ ले हालै मौरिससमा भएको अन्तर्राष्ट्रिय फ्लिम महोत्सवमा उत्कृस्ट डकुमेन्ट्री अवार्ड पाउन सफल भएको छ । महोत्सवमा नेपालसहित विभिन्न देशका १०० भन्दा बढी वृत्तचित्र निर्माताहरुको सहभागिता थियो ।

श्यामसन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित ‘डढेलो’ ले हालसम्म स्वदेश तथा विदेशमा गरी ३० वटाभन्दा बढी फिल्म फेस्टिबलमा सहभागिता जनाएको छ । उक्त वृत्तचित्र, हालै काठमाडौँमा सम्पन्न भएको पर्वतीय चलचित्र महोत्सव (KIMFF) को  जलवायु परिवर्तनसम्बन्धी विधामा दोस्रो भएको थियो ।

यस वृतचित्रले अस्ट्रेलियाको (Dare to struggle) सट फिल्म फेस्टिबलमा अनरेबल मेन्सन अवार्ड पाएको थियो । त्यस्तै नेपाल–अमेरिका फिल्म फेस्टिबलमा पनि उक्त वृत्रचित्र (Specially mention Award) पाउन सफल भएको थियो । यो वृत्तचित्रमा सन् २०२१ मा नेपालको जंगलमा एकै पटक ७० वटा ठाउँमा आगलागी हुँदा रेडपान्डा जस्तो दुर्लभ जनावरलाई परेको असर, जलवायु परिवर्तका कारण जनावर तथा मानव जीवनमा परेको असरलगायतका विषयवस्तु समावेश गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *